politics

Copied from Lokendra Ghatal’s facebook.
धेरैजसो दक्षिणपन्थी र राजाबादीहरू कम्युनिष्टहरू देशलाई झन गरिब बनाईराख्न चाहन्छन भन्दै भ्रम छर्दै धमिलो पानीमा माछा मार्ने दुष्प्रयास गर्छन । तर कम्युनिष्ट विकासका बाधक नभई शोषक, सामन्ती, विभेदकारी, पुरातनवादी समाजको अन्त्य गर्न जनचेतना जगाउदै समाजवादउन्मुख समृद्ध, समावेशी, विभेदरहित, विकसित समाज, राष्ट्र र विश्व निर्माण गर्न निरन्तर प्रयत्नशील हुन्छन । यसको एकमात्र कारक मार्क्सबाद र कम्युनिष्ट व्यवस्था नै हुन । पुजीवाद, राजतन्त्र, सामन्ती व्यवस्थाले चाकरी प्रवृतिको पक्षपोषण गर्छन भने कम्युनिष्ट र मार्क्सवादले विभेद, दमन, शोषण र सामन्ती व्यवस्थाविरूद्धआवाज उठाउने काम गर्छ । चीन, रूस, क्युवाको विकास, समृद्धि, प्रगति र समानताको कारक कम्युनिष्ट, मार्क्सवाद हुदै समाजवाद नै हुन । बरू कम्युनिष्ट र मार्क्सवाद दक्षिणपन्थी, राजाबादी, सामन्ती प्रवृतिका बिरोधी हुनाले उनीहरूले आफ्नो सामन्ती व्यवस्थाको अन्त्यका लागि आवाज उठाउने भएकाले कम्युनिष्ट र मार्क्सबादविरूद्ध दुष्प्रचार गरेकामात्रै हुन । हजारौं बर्षदेखिको सामन्ती, शोषक, व्यवस्था अन्त्य गर्नु साच्चै गाह्रो काम हो र बेलाबेला केही कम्युनिष्ट नामधारीहरू उनीहरूको जाल र षडयन्त्रमा परेकोचाहि साँचो हो । पञ्चायतकाल, राजतन्त्रमा केही कम्युनिष्ट नामधारीहरू जस्तै- केशरजंग रायमाझी, राधाकृष्ण मैनालीहरू यसका उदाहरण हुन । एक दुई मानिस बिग्रदैमा सबै कम्युनिष्ट र मार्क्सवादीहरूलाई सामान्यीकरण गर्न मिल्दैन । हिजो राजा, राणा, पञ्च, सामन्त, भ्रष्टहरू विकासका बाधक र विभेदका पक्षपोषक थिए । अब मुलुक समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थातिर अघि बढेकाले समानता, विकास, एकता र समृद्धिको बाटोतिर अघि बढ्नु जरूरी छ ।

Leave a comment